नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६४ लाख २५ हजार रूपैयाँ दाबी भुक्तानी

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १२ : ४६
नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६४ लाख २५ हजार रूपैयाँ दाबी भुक्तानी

काठमाडौं।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रूपैयाँको दाबी भुक्तानी गरेको छ ।टीकापुर नगरपालिका १ कैलाली घर भएका बीमित नरबहादुर साउदको २०८० वैशाख १६ गते क्यान्सरका कारण निधन भएको थियो ।नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले टीकापुरमा आयोजित एक कार्यक्रमकाबीच मृतककी श्रीमती ज्ञानुदेवी साउदलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानुदेवीलाई हस्तान्तरण गरेका हुन् ।स्व. नरबहादुरले नेपाल लाइफ इन्स्योरेन्स टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते ५० लाख रूपैयाँ बीमाङ्कको जीवन बीमा योजना लिएका थिए ।

बीमाङ्क बापतको ५० लाख र बोनस बापतको १४ लाख २५ हजार रूपैयाँ गरी जम्मा ६४ लाख २५ हजार रूपैयाँ उनकी श्रीमती ज्ञानुदेवीलाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।कम्पनीका अनुसार कागजात प्राप्त भएको पाँच दिन भित्रै दाबी रकम भुक्तानी गरिएको हो ।दाबी प्रक्रियालाई चुस्त, दुरुस्त र छिटोछरितो बनाउन कम्पनीले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कम्पनीका सीईओ पराजुलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस