इन्द्रजित राईद्वार न्यायाधीशसमक्ष बयान दिन आनाकानी

सफल खबर संवाददाता

आइतबार, १४ जेठ २०८०, १३ : २८
इन्द्रजित राईद्वार न्यायाधीशसमक्ष बयान दिन आनाकानी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार मध्येका एक इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् । उनले ‘स्वास्थ्य ठीक’ नभएको दाबी गर्दै बयान दिन आनाकानी गरेका हुन् । 

त्यसपछि उनी अदालतमै आफ्ना वकिलसँग छलफलमा जुटेका छन् । राईले स्वास्थ्य ठीक भएमा ‘टि–ब्रेक’ पछि आफूले बयान दिने बताएका छन् ।  यसअघि शुक्रबार  सागर राई र केशव प्रसाद दुलालको लिइएको थियो ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । 

जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् । 

गत बुधबार  उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।  कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस