काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदैछ ।
काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलास न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान निरन्तर हुनेछ । शुक्रवार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो ।
बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा १७ जना थुनामा छन् । अदालतमा बयान पुरा हुन कम्तीमा ६ दिन लाग्ने बताइएको छ । न्यायाधीश न्यौपानेको इजलासमा शुक्रवार दुईजना इजलास अधिकृतहरूले बयान गराएका थिए ।
आइतबार इजलास अधिकृत थपेर थप एक जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली भुटानी शरणार्थी प्रकरण : निवेदकले स्थगित गरे पुनरावेदन सुनुवाइ
आरजुको नाम लिएको अडियो अभियुक्त शर्मासँग मिल्यो
नक्कली भुटानी शरणार्थी प्रकरण : थप एकजना पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको तर्फबाट बहस सकियो, अब जवाफी बहस हुने
टेकनाथका वकिलको बहसः अभियोग पुष्टि हुँदैन, साधारण तारेखमा रिहा गरिनुपर्छ
दोस्रो दिनपनि बालकृष्ण खाणको तर्फबाट बहस सुरु