काठमाडौ । सवारी कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ ।
दोहोऱ्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुईपांग्रे सबारी चालकका हकमा सावधानीसाथ सबारी चलाउँदा कुनै दुर्घटना भएमा लापरबाहीको कसुर आकर्षित गर्न नमिल्ने व्याख्या गरेको हो।
सवारी चालक इजाजतपत्र नभए पनि दुर्घटना भएमा लापरबाही मान्न नमिल्ने बृहत् पूर्णले ब्याख्या गरेको हो।
मुद्दामा अदालतले जिल्ला र तत्कालीन पुनरावेदन तहले गरेको फैसला नै सदर गरेको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत सुष्मालता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले दुर्घटनाको समग्र विश्लेषण गरेर मात्र कानुनी व्यवस्थाको प्रयोग गर्नु न्यायोचित हुने व्याख्या गरेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ जेठ २०८०, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१,०५६ सवारी लाइसेन्स सार्वजनिक
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै
घुस दिएर लाइसेन्स लिनेको बिचल्ली
लाइसेन्स प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा
टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौँ : सांसद झा