नक्कली भुटानी शरणार्थी प्रकरणमा एकीकृत समाजवादीद्वारा थप आन्दोलन घोषणा

सफल खबर संवाददाता

विहीबार, ११ जेठ २०८०, ११ : १७
नक्कली भुटानी शरणार्थी प्रकरणमा एकीकृत समाजवादीद्वारा थप आन्दोलन घोषणा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्षको कार्यक्रम अगाडि सारेको छ । बुधवार  सम्पन्न उक्त पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले थप आन्दोलनको घोषणा गरेका हो । 

विभागका प्रमुख डा विजय पौडेलको अध्यक्षतामा बसेको बैठकले जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरेको छ । यस्तै काठमाडौँ उपत्यकाको हकमा सोही मिति र समयमा माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको सो पार्टीले जनाएको छ । 

 

 त्यसका लागि मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ । विभागले यसअघि पनि काठमाडौँसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस