सुमन राज श्रेष्ठ
भरतपुर। भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले देबघाटधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा बिकास गर्नु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देबघाट धामको छुट्टै महत्त्व र पहिचान रहेको उल्लेख गर्दै उप प्रमुख अधिकारीले देबघाट धामलाइ धार्मिक पर्यटकीय नगरीको रुपमा बिकास गर्नु पर्नेमा जोड दिएका हुन् ।
देबघाट सुस्वास्थ्य केन्द्रको बुधबार भवन उद्वघाटन गर्दै उप प्रमुख अधिकारीले देबघाट क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीको रुपमा बिकास गर्न भरतपुर महानगरले तिब्र रुपमा काम गरिरहेको पनि बताए । देबघाट अब धार्मिक पर्यटकीय नगरीको रुपमा बिकास हुन्छ उनले भने,यो सकल्प सहित महानगरपालिका देबघाटको बिकासमा अगाडि बढेको छ। एशोसियसन अफ नेपाली फिजिसियन्स इन अमेरिका र गुणनिधी खनाल मेमोरियल ट्रष्टको सहकार्यमा उक्त भवन निर्माण गरिएको हो ।
देबघाटमा उक्त सुस्वास्थ्य केन्द्र स्थापना भए पछि सयौं वृद्ध बृद्वाहरुले उपचार पाउने केन्द्रले जनाएको छ । केन्द्रमा सबै प्रकारका रोगको उपचार गरिनुको साथै औषधिको पनि ब्यबस्था मिलाइएको छ । कार्यक्रममा देबघाट क्षेत्र बिकास समितिका अध्यक्ष सदन बराल,भरतपुर अस्पतालका चिकित्सक, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका चिकित्सक,चितवन मेडिकल कलेजका चिकित्सकहरुको उपस्थित रहेकोे थियोे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, १४ : ०९
लेखकबाट थप