नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर र बालकृष्ण खाँणसहित १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, १८ : ५४
टोपबहादुर र बालकृष्ण खाँणसहित १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यसअघि थप गरिएको म्याद सकिएसँगै प्रहरीले मंगलबार अदालतमा आरोपीहरुलाई उपस्थित गराएर पुनः २ दिन अनुमति थप गरेको हो ।नक्कली शरणार्थी प्रकरणमा हाल पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, रायमाझीका छोरा सन्दीप रायमाझीलगायत १६ जना प्रहरीको हिरासतमा छन् । प्रहरीको सूचीमा हाल १६ जना फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस