सत्ताको निर्देशनमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन फितलो बनाइयो : महेश बस्नेत

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, ११ : ०७
सत्ताको निर्देशनमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन फितलो बनाइयो : महेश बस्नेत

काठमाडौं।नेकपा (एमाले)का नेता महेश बस्नेतले शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिको नाम जोडिएर अडियो/भिडियो आए पनि सत्ता पक्षको निर्देशनमा अनुसन्धान प्रतिवेदनलाई फितलो बनाइएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बस्नेतले सम्बन्धित व्यक्तिलाई छानबिनको दायरामा नै नल्याउनुले आशंकलाई पुष्टि गरेको आरोप लगाएका छन् ।

‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको सम्वादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो/भिडियो सामाजिक संजालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रकृयामा नै नल्याई सत्तापक्षको निर्देशन अनुरूप अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का तयारगरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखिनै गरिएको आशंकालाई पुष्टि गरेको छ’ बस्नेतले लेखेका छन्,।

‘यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरे पनि कम हुन्छ ।'एमाले महासचिव शंकर पोख्रेलले उठाएको विषय गम्भीर भएको भन्दै अदालतले ध्यान दिएर न्यायायिक फैसला गर्ने उनले बताए ।