काठमाडौं।नेकपा (एमाले)का नेता महेश बस्नेतले शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिको नाम जोडिएर अडियो/भिडियो आए पनि सत्ता पक्षको निर्देशनमा अनुसन्धान प्रतिवेदनलाई फितलो बनाइएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बस्नेतले सम्बन्धित व्यक्तिलाई छानबिनको दायरामा नै नल्याउनुले आशंकलाई पुष्टि गरेको आरोप लगाएका छन् ।
‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको सम्वादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो/भिडियो सामाजिक संजालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रकृयामा नै नल्याई सत्तापक्षको निर्देशन अनुरूप अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का तयारगरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखिनै गरिएको आशंकालाई पुष्टि गरेको छ’ बस्नेतले लेखेका छन्,।
‘यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरे पनि कम हुन्छ ।'एमाले महासचिव शंकर पोख्रेलले उठाएको विषय गम्भीर भएको भन्दै अदालतले ध्यान दिएर न्यायायिक फैसला गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको पहल सकारात्मक : महेश बस्नेत
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत