काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ ।
आज (सोमबार) अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता भएको हो । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्रीसहित अर्थसचिव अर्जुन पोखरेलको पनि सहभागिता थियो । उपाध्यक्ष ब्रुक्सले गत शनिवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि (एमसीसी) परियोजना कार्यान्वयनको विषयमा छलफल गरेका थिए ।
उनले गृहमन्त्री श्रेष्ठलाई भेटेर परियोजना अगाडि बढाउन आवश्यक सुरक्षा व्यवस्थाहरुमा सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
एमसीसीबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी कार्यान्वयनविरुद्ध विप्लव र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो विरोध
एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा, अर्थ मन्त्रालयमा गरियो 'लन्च'
व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छ : केपी ओली