राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश संरचना खारेज गर्ने प्रस्ताब

सफल खबर संवाददाता

सोमबार, ०८ जेठ २०८०, १५ : ४४
राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश संरचना खारेज गर्ने प्रस्ताब

काठमाडौं । राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु अनुमोदन गरेको छ ।  पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ूबर्तमान परिस्थिति एबं राप्रपा नेपालको बैचारिक ,सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजनाू , महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशबराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय , प्रशिक्षण ,संगठन र युबा स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिबेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन माथी छलफल गरि केन्द्रीय समितिमा प्रस्तुत गर्न अनुमोदन गरेको हो । 

बैठकले संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानिय निकाय भए पुग्ने भएकोले बिचको प्रदेशको संरचना खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

प्रदेश संरचना खारेज गर्नुपर्ने माग राखेको राप्रपाले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्ने प्रस्ताव गरेको छ।  यस बारेमा केन्द्रीय समितिमा बिष्तृत छलफल भई निर्णय हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

बैठकले जनबर्गिय संगठन ,बिभाग र समितिहरुको ६ महिने कार्ययोजनाहरुलाई पनि केन्द्रिय समितिमा प्रस्तुत गर्ने गरि अनुमोदन गरेको छ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक भोलि जेष्ठ ९ र १० गते काठमाडौंमा बस्दैछ ।