खाली कुर्चीको अगाडि बोल्दा रोस्टमकै अपमान गरेँजस्तो लाग्छ : डोलप्रसाद अर्याल

सफल खबर संवाददाता

सोमबार, ०८ जेठ २०८०, १५ : २५
खाली कुर्चीको अगाडि बोल्दा रोस्टमकै अपमान गरेँजस्तो लाग्छ : डोलप्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरु सहभागी नभएकोमा आपत्ति जनाएका छन् ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा बोल्दै गर्दा उनले सांसदहरुको उपस्थिति हेर्दा घरमै ऐनामा हेरेर रेकर्ड गरी संसद् सचिवालयमा बुझाए पनि हुन्छ कि जस्तो लागेको टिप्पणी गरे । उनले सभामुख देवराज घिमिरेलाई संसद्मा सांसद उपस्थिति हुने वातावरण निर्माण गर्नसमेत ध्यानाकार्षण गराए ।

‘सदनको खाली कुर्सीहरुलाई हेर्दा आफू पनि रोस्टममा आएर बोलिरहनु कहिलेकाँही रोस्टमकै अपमान गरेजस्तो लाग्छ । घरमै बसेर ऐनमा हेर्दै बोलेर, पेनड्राइभमा रेकर्ड गरेर, सचिवालयमा बुझाएपनि हुने हो कि जस्तो लाग्छ । दुई सय ७५ जनाबीच सुन्ने र सुनाउने नीति तथा कार्यक्रमको छलफल केवल रेकर्डको लागिमात्र बोलिरहेको जस्तो लाग्छ । हलको उपस्थिलाई हेर्दा सभामुख महोदय, यस्तो नहुने वातावरण बनाउन कोशिस गरौं,’– उनले भने ।