नक्कली भुटानी शरणार्थी प्रकरण

हिरासतमा रहेका श्रीमान बालकृष्ण खाणलाई भेट्न पुगिन सांसद मञ्जु खाण

सफल खबर संवाददाता

सोमबार, ०८ जेठ २०८०, १० : २९
हिरासतमा रहेका श्रीमान बालकृष्ण खाणलाई भेट्न पुगिन सांसद मञ्जु खाण

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान बालकृष्ण खाणलाई भेट्न सांसद मञ्जु खाण पुगेकी छन् ।

 सोमबार बिहान उनी टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् । 

जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएकी पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । 

सो प्रकरणमा मञ्जुमाथि समेत मुछिएपनि उनी पक्राउ परेकी छैनन् । फरार रहँदै आएकी भनिएकी मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस