नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १८ : २८
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ गरेका १६ जनामाथि अनुसन्धानका लागि थप तीन दिनकाे अनुमित पाएको छ ।

काठमाडौं जिल्ला अदालतले थप तीन दिनकाे अनुमति दिएको सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस