कार दौडमा अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १६ : २२
कार दौडमा अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सीकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएकाहरूमाथि सशस्त्र हमला गरेको छ । गैरव्यावसायिक चालकहरू सहभागी भएको कार दौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । 

बाजा क्यालिफोर्नियाको एन्सेनाडामा राजमार्गको छेउमा पार्किङ गरेका कार दौडका सहभागीहरूलाई गाडीबाट बाहिर निकालेर  एक समूहले गोली प्रहार गरेको  स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मिलेनियो अखबारले जनाएको छ । घटनाको सुरक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस