नक्कली भुटानी शरणार्थी प्रकरण : ३२ जनाविरुद्ध मुद्धा दायर

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १४ : ४७
नक्कली भुटानी शरणार्थी प्रकरण : ३२ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३२ जनालाई अभियुक्त बनाएर मुद्धा दायर गरेको छ । तर, उक्त अभियुक्तमध्ये हालसम्म १६ जना फरार रहेका छन् ।

घटना घटेपछि पहिलो अभियुक्त पक्राउ गरिएको ५७ औं दिनमा प्रहरीले ३२ जनालाई अभियुक्त बनाउँदै आजै उनीहरुमाथि ४ वटा अपराधमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

हालसम्म पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वसचिवसहित १६ जना पक्राउ परेका छन् । तर, बाँकी १६ अभियुक्त भने फरार छन् । उनीहरु प्रहरीको फरार सूचीमा छन् ।फरार हुनेहरुमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजबाहेक छन् ।

शरणार्थी प्रकरणमा १०६ जनाले पीडितबाट २२ वटा जाहेरी परेको बताइएको छ । प्रहरीले ३२ जना आरोपीविरुद्ध २६ करोड ८८ लाख ७५ हजार रुपैयाँ विगो दावी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस