काठमाडौं । सरकारले आगामी बजेटमार्फत राष्ट्रिय पूँजी पलायनको नियन्त्रणमा कडाइको नीति लिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजी पलायनको नीति लिइने बताए ।
उनले भने, ‘राजस्व चुहावट, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।’ यस्तै, मानव विकास सूचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशलाई आगामी बजेटमा मुख्य प्राथमिकतामा राखिने बताइएको छ ।
मुलुकलाई आर्थिक रुपमा सवल बनाइने विदेशी लगानीलाई प्राथमिकताका आधारमा परिचालन गरिने र विद्यमान करप्रणालीको आधारमा पुर्नविचार गर्ने नीति सरकारले लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय
नीति तथा कार्यक्रममाथिको छलफल सकियो
सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, प्रधानमन्त्रीले संसदमा जवाफ दिने
नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला