पर्यटन मन्त्री किराती र बेलायती राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १३ : ३५
पर्यटन मन्त्री किराती र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती र बेलायती राजदूतबीच  शिष्टाचार भेट भएको छ । शुक्रबार बिहान मन्त्रालयमा मन्त्री किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटबीच भेटवार्ता भएको हो ।

भूतपूर्व गोरखा सैनिकको समस्या दुई देशबीचको सवाल भएकाले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने समझदारी भएको छ । साथै भेटमा युरोपेली युनियनद्वारा नेपालको आकाशलाई कालो सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस