नारायणी कला मन्दिर नारायणगढको आयोजनामा ‘समर डान्स क्याम्प २०७५’

विहीबार, १० साउन २०७५, १८ : ३५
नारायणी कला मन्दिर नारायणगढको आयोजनामा ‘समर डान्स क्याम्प २०७५’

चितवन । नारायणी कला मन्दिर नारायगढले पहिलो पटक विद्यार्थीहरुका लागि निःशुल्क नृत्य प्रशिक्षण दिन लागेको छ । कला संस्कृतिको संरक्षण एवं प्रर्वद्धनको लागि भरतपुरका सामुदायिक विद्यालयका छात्र ,छात्रालाई प्रशिक्षण दिन लागेको नारायणी कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानले जानकारी दिनुभयो । 

आज बिहिबार उद्घाटन गरिएको समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका उपप्रमुख पावर्ती शाहले नारायणी कला मन्दिरको संरक्षण र सम्र्बद्धनमा सबै जुट्नु पर्ने बताउनुभयो । कला मन्दिर भरतपुरको मात्र नभई समग्र देशको सम्पति हो ,उहाँले भन्नुभयो ,“यसको संरक्षण गर्न भरतपुर महानगरपालिका प्रतिवद्ध छ । कला मन्दिरलाई थप व्यवस्थित ढङगबाट संचालन गर्नुपर्छ ।”

साहित्यकार प्रेम विनोद नन्दनले नारायणी कला मन्दिरले ६ दशकसम्म कलाको क्षेत्रमा उल्लेखिय योगदान पुर्याएको बताउनुभयो ।


आदिकवि भानुभक्त माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले नारायणी कला मन्दिरले विद्यार्थीहरुलाई निःशुल्क नृत्य प्रशिक्षण दिएर मार्ग दर्शकको भुमिका निर्वाह गर्न खोजेको भन्दै प्रशंसा गर्नुभयो ।
प्रशिक्षण कार्यक्रमलाई ‘समर डान्स क्याम्प २०७५’ नाम दिइएको छ । नृत्य प्रशिक्षणमा भरतपुरका सामुदायिक विद्यालयका करिब ४० जनाको सहभागिता रहेको छ । नारायणी मावि ,लक्ष्मी मावि , बालकुमारी मावि र आदिकवि भनुभक्त माविका विद्यार्थीहरुले प्रशिक्षण लिदै छन् ।


 

प्रतिक्रिया दिनुहोस