काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपतिमा चयन भएपछि संघीय संसदमा पौडेलको यो पहिलो सम्बोधन हो ।संघीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने संघीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ । उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी हुनेछन् ।
उक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् ।प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलको सम्बोधनको प्रति बैठकमा टेबुल गर्ने छन् । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भानुभक्त सबैका साझा कवि हुन् : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक संग्रहालयको अवलोकन
‘संस्कृत विश्वकै सम्पत्ति’: राष्ट्रपति पौडेल
संस्कृति जोगाउनु भनेको राष्ट्रको आत्मा जोगाउनु हो’: राष्ट्रपति पौडेल
अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतले गरे ओहोदाको प्रमाणपत्र पेस