काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश स्नेहीले विचार र सिद्धान्तकै आधारमा पानी बाराबारको व्यवहार गर्ने शीर्ष तीन नेताहरुको दैनिकजसो भेटघाटले आशंका जन्माएको बताएका छन् ।
‘पछिल्लो समय नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली फरक विचार राख्ने पार्टी, फरक विचार राख्ने नेताहरू चाहे प्रचण्डसँग भनौं चाहे शेरबहादुर देउवासँग, उहाँ एकदमै पानी बाराबारको असहिष्णुता देखाउनुहुन्थ्यो । पछिल्लो पटक उहाँहरूको भेटघाटले एकदमै तीव्रता पाएको छ,’ बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, हिजोअस्ती नभेट्ने आज चाहिँ दैनिकजस्तो भेटघाट गर्ने अवस्था सिर्जना भएपछि त भोलि कहीँ न कहीँ त्यो कुरा पुष्टि हुने कुरा आयो भने उहाँहरुले जवाफ दिनुपर्छ ।’
तीन शीर्ष नेताहरुको भेट नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउनेभन्दा अर्को प्रसंगमा भए आफूहरुले सकारात्मक रूपमा लिनुपर्ने उनको भनाई छ । तीनै जना नेताहरू भ्रष्टाचार सूत्र हो भन्ने संकल्पका साथ राष्ट्रिय सहमतिमा जान आवश्यक रहेको स्नेहीले बताए ।
भ्रष्टाचारलाई निमूल पार्नका लागि संवैधानिक आयोगहरुलाई स्वायत्त बनाउन पर्ने उनले बताए । उनले राजनीतिक दल र नेताहरुको अलोकप्रिय कामका कारण जनतामा निराशा पैदा भएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १९ : ५९
लेखकबाट थप