काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न भारत भ्रमणका क्रममा नेपालको नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता वा कुनै भ्रम पर्न नदिने विश्वास दिलाएका छन् ।
बिहीबार एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लिपुलेक लगायतका भूमि फिर्ता गर्ने र समग्र सीमा समस्या समाधानबारे कार्यसूची छ कि छैन भनेर गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हित विपरीतका कुनै किसिमका सम्झौता नगर्ने सदनलाई विश्वास दिएका हुन् ।
‘इपीजी रिपोर्टदेखि सीमा समस्यासँग सम्बन्धित विषयहरु र हाम्रो जमिनसँग विषयमा के कुरा प्रष्ट गरेका छौं भने हामी हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौं’, प्रधानमन्त्रीले भने, ‘हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन । यो नीति अन्तर्गत नेपालका सबै राजनीतिक दलहरु र सम्मानित सदन एकमत छौं ।’ उनले आफ्नो भारत भ्रमणका क्रममा सोही मान्यताभित्र रहेर नै कुराकानी हुने पनि बताए । ‘इपीजी रिपोर्ट बुझ्ने वा नबुझ्ने र देशभित्र आएपछि के हुन्छ भन्ने कुरा भ्रमणमा गएर कुरा गरिसकेपछिको परिस्थितिमा मात्रै भन्न सकिन्छ । तर म के विश्वास दिलाउन चाहन्छु भने नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता वा कुनै भ्रम पर्न दिइने छैन’, प्रधानमन्त्रीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड