निर्वाचन प्रणालीको विवाद बीचको बाटोबाट समाधान गर्न माओवादीको प्रस्ताव

बुधबार, ०५ पुस २०७४, ०७ : ४५
निर्वाचन प्रणालीको विवाद बीचको बाटोबाट समाधान गर्न माओवादीको प्रस्ताव

नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले राष्ट्रिय सभासम्बन्धीको अध्यादेश एकल वा बहुमतीय संक्रमणीय व्यवस्था भन्दा पनि बीचको बाटोबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

उनले भने, “एकल वा बहमुतीय भन्दा पनि अब समझदारीबाट यसलाई टुँगो लगाउनुपर्छ ।” नेता रायमाझीले एमाले–माओवादी केन्द्रको बाम गठबन्धनले करिब दुई तिहाई मत प्राप्त गरेकोले सरकारले नयाँ जनमतको सम्मान गर्दै नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्ने बताए ।

उनले अबको उद्देश्य भनेको आर्थिक समृद्धि भएकोले सबै दलहरुबीच सहकार्य, एकता र समझदारी कायम गर्नुपर्ने धारणा राखे ।  उनले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने भन्दै आफूहरुलाई त्यसमा कुनै आपत्ति नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस