राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि तीनदिन छलफल हुने

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, १२ : ३८
राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि तीनदिन छलफल हुने

काठमाडौं । सरकारले पेस गर्ने नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा तीनदिन छलफल हुने भएको छ ।बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार सरकारले पेस गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि तीनदिन छलफल गर्ने निर्णय गरेको हो । बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस