अरु पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन्, कांग्रेस शहरकेन्द्रित हुन थाल्यो : प्रथम राष्ट्रपति यादव

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, १६ : १३
अरु पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन्, कांग्रेस शहरकेन्द्रित हुन थाल्यो : प्रथम राष्ट्रपति यादव

काठमाडौं। प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेस शहर केन्द्रित हुँदै गएको गुनासो गरेका छन् । बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले गाउँ गाउँमा पुगेर पार्टीका कुराहरू बुझ्ने प्रचलन हराउँदै गएको बताए । 

 

अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको उनको भनाइ छ । ‘गिरिजाप्रसाद कोईरालाहरू गाउँ केन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो,' उनले भने, 'अहिले कांग्रेस शहर केन्द्रित मात्रै भयो । अरु पार्टीका पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन् । तपाईहरू यहाँ बसिरहनु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस