कांग्रेस सहर केन्द्रित हुन थाल्यो: पूर्वराष्ट्रपति यादव

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, १४ : ५४
कांग्रेस सहर केन्द्रित हुन थाल्यो: पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस सहर केन्द्रित भएको आरोप लगाएका छन् । बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यादवले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भएपनि अहिले बिस्तारै हराउँदै गएको बताए । उनले अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए । यादवले निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरू जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताए । 

 

उनले भने, ‘काँग्रेस सहर केन्द्रित मात्रै भयो । गिरिजाप्रसाद कोइरालाहरू गाउँ केन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो । पहिला केन्द्रीय समितिमा ३०,३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कमसेकम आधालाई जिल्ला जिल्लामा खटाइदिएको कम्तीमा एउटामा दुई जना पुग्थे । अरू पार्टीका पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन् । तपाईँहरू यहाँ बसिरहनु हुन्छ ।’ यादवले अरू पार्टीहरूले मिसन ग्रासरुट गरिरहँदा काँग्रेस भने सहरमा मात्रै केन्द्रित भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस