काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अपराधमा संलग्न भएका व्यक्तिको भारी पार्टीले बोक्न नसक्ने बताएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिको जिम्मा पार्टीले लिन नसक्ने भन्दै महामन्त्री थापाले उक्त विषय व्यक्तिगत भएको स्पष्ट पारेका हुन्।
महामन्त्री थापाले मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्,’नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो।
पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ। तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन।’
नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेका छन्। साथै नेत्री आरजु राणा देउवा र मञ्जु खाणको नाम पनि यस प्रकरणमा जोडिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, ०६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति