काठमाडौं। नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्ने बताएका छन्।मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै समितिको बैठक कति समयअघि बोलाउने र विषयवस्तुहरु कस्ता राख्ने भन्नेबारे आचारसंहिता बनाउन जरुरी रहेको बताएका हुन्।
उनले समितिको बैठक आकस्मिक समयबाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने बताए। उनले समितिको विषयवस्तु छनोटको बारेमा पनि सोच्न जरुरी रहेको बताए। उनले समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहितामा राख्न आवश्यक रहेको बताए।उनले भने, ‘समितिले बैठक राख्दै गर्दा हाम्रो कस्तो खालको चलन बस्यो भने कुनै एउटा विषय आयो, सभापतिज्युले बैठक राख्ने भन्नुभयो, भोलि यति बजे बैठक भनेर खबर पठाइदिनुभयो।
सामान्यतया २४ घण्टाको समय पनि नराखिकन। सभापति र सचिवालयको बीचमा छलफल भइसकेपछि सबै सांसदहरु यो बैठकमा अनिवार्य उपस्थित हुन्छन् जस्तो गर्ने, यस्तै कारणले कतिपय योभन्दाअघि हामीले बैठकमा नै सहभागी हुँदैनौँ भन्नुपरेको थियो। आकस्मिक समयबाहेक अरु अवस्थामा सचिवालयले पहिलो बैठकमा नै कति घण्टा समय राखेर बैठकको बारेमा प्रश्ताव गरोस्। विधेयकबाहेक विषयवस्तु छनोट गर्ने सन्दर्भमा पनि सोच्नुपर्छ। समितिको बैठकमा जुन भाषा प्रयोग गर्न पनि पाउँछौँ, जे बोल्न पनि पाउँछौँ, भन्ने गरी बोलाइएको हुन्छ, कस्तो बोल्ने भन्ने, कसरी प्रश्तुत हुने भनेर आचारसंहिता बनाउनुपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा
पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा
गगन थापाले भने– सबैलाई मिलाएर लैजान्छु
क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगर्न गगन थापाको चेतावनी
दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य आवश्यक : गगन थापा
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता