काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनाको तुलनामा आज मंगलबार १०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम थियो ।
यस्तै, आज मंगलबार चाँदीको मूल्य भने स्थिर कायम भएको छ । हिजो सोमबारकै मूल्यमा आज चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
एक सातामा सुनको मूल्य तोलामै बढ्यो ८ हजार ९०० रुपैयाँ
सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?