भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझीको बयान सकियो

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, १० : ५६
टोपबहादुर रायमाझीको बयान सकियो

काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले बताए । उनले भने–‘हिरासतमा रहेका पूर्वमन्त्री बालकृष्ण खाण बाहेक अरू आरोपीको बयान सकिएको छ ।’

शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाण र पूर्व सभासद् आङटावा शेर्पा सहित १४ जना थुनामा छन् ।