काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले भुटानी शरणार्थी प्रकरणबारे संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेकी छन् ।
सोमबार अपरान्ह दर्ता भएको संकल्प प्रस्तावमा यो प्रकरणमा भ्रष्टाचार, संगठित अपराध र राष्ट्रद्रोहको मुद्दामा निश्पक्ष र प्रभावकारी अनुसन्धान गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख छ । प्रहरीले सार्वजनिक पद र अख्तियारको दुरुपयोग गरी गरेको अपराधका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखेर पठाउनुपर्ने समेत संकल्प प्रस्तावमा उल्लेख छ ।
यो मुद्दामा भएको अनुसन्धानमा भएको प्रगति र संसदमा उठेको प्रश्नका सन्दर्भमा गृहमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बन्धित क्षेत्र हेर्ने आयुक्तले संसद समक्ष सथार्थ जानकारी गराउन पनि निर्देशन दिनुपर्ने उनको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
सार्वजनिक यातायातको अवस्था सुधार गर्न रास्वपा सांसद गजुरेलको माग
रास्वपाले आज देशैभर वडा भेला गर्दै
बोली र व्यवहारको पजनी : दल बदलिएका हुन् कि सत्ताको केवल कुर्सी ?
रास्वपाभित्र महाधिवेशनसम्म ‘मै चुप, तैं चुप’ !
रास्वपाद्वारा विधान परिमार्जनका लागि समिति गठन, महाधिवेशन तयारी तीव्र