नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १५ : १६
टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ। 

सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई म्याद थप गरिएको हो। पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो। 

अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ ।