काठमाडौं । नेपाली सेनाको एक टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । ‘सफा हिमाल अभियान’मा खटिएको नेपाली सेनाको टोलीले सोमबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको हो ।
नेपाली सेनाका कर्णेल किशोर अधिकारीको नेतृत्वमा कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवरले सगरमाथा आरोहण गरेका हुन् ।
त्यस्तैगरी माउन्टेन गाइडको रुपमा भोजपुरका वोङछु शेर्पा र संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पाले पनि सगरमाथाको आरोहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह