काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको बताएका छन्।
नक्कली भुटानी शरणार्थी बनाएर गठी प्रकरणमा मुछिएका रायमाझी हिजो राति बुढानीलकण्ठबाट पक्राउ परेका थिए।
पक्राउ पुर्जी जारी भएको ११ दिनपछि प्रहरी रायमाझीलाई पक्राउ गर्न सफल भएको छ।
प्रहरीका अनुसार, उनी बुढानीलकण्ठस्थित एक कार्यकर्ताको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।
नेता बस्नेतले भने एमालेको आदेश पालना गरेर टोपबहादुर प्रहरीसामु पुगेको भनेका छन्।
‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरीसामु पुग्नु भएको छ।नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधिहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ,’ सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको पहल सकारात्मक : महेश बस्नेत
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत