अन्तत: टोपबहादुर रायमाझी पक्राउ

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, २१ : १४
अन्तत: टोपबहादुर रायमाझी पक्राउ

काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अन्तत: पक्राउ परेका छन् ।

प्रहरीले आइतबार उनलाई काठमाडौँबाटै पक्राउ गरेको हो । 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उनीविरुद्ध वैशाख २० मा पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो ।

त्यससता फरार रहँदै आएका उनलाई आइतबार भने प्रहरीले पक्राउ गर्न सफल भएको हो । 
उनीसहित यो प्रकरणम पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।