भुटानी शरणार्थी प्रकरण- पूर्वगृहमन्त्री बालकृष्ण खाँण दोस्रो पटक अदालत

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १६ : २८
भुटानी शरणार्थी प्रकरण- पूर्वगृहमन्त्री बालकृष्ण खाँण दोस्रो पटक अदालत

काठमाडौँ। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई दोस्रो पटक अदालतमा उपस्थित गराइएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको हो ।

प्रहरीले म्याद थप गर्ने प्रयोजनका लागि अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका खाँणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिन लागेपछि म्याद थप गर्न लागिएको हो । खाँणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस