हरियाणा । सन् २०२१ मा पञ्चकुलाको मन्सा देवी कम्प्लेक्समा भएको चोरीको आरोपमा भारतीय प्रहरीले चार जनालाई नेपालीलाई पक्राउ गरेको छ । द ट्रिब्युन इन्डियामा प्रकाशित समाचारका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय गोपाल भन्ने खगेन्द्र सार्की, ३० वर्षीय करन बहादुर, ३२ वर्षीय स्काई सिंह र २२ वर्षीय टेकबहादुर सार्की रहेका छन् ।सन् २०२१ को नोभेम्बर २० मा तीन जना लुटेराहरु ६५ वर्षीया अनु वालियाको घरमा प्रवेश गरेका थिए ।
उनीहरुले हतियार देखाएर ५ लाख ५० हजार बराबरको नगद, १० वटा हिराको औँठी तथा अन्य सुन र चाँदीका गहना चोरेर फरार भएका थिए ।क्राइम ब्रान्चका प्रहरी इन्सपेक्टर मोहिन्द्र सिंह धान्डाले करन बहादुरले सो घरमा १०–१५ दिनअघि देखि काम गर्न सुरु गरेको र उनकै योजनामा अन्य तीन जनाले चोरी गरेको जानकारी दिए । उनीहरुलाई गुरुग्रामबाट पक्राउ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ