डा. केसीको अनसन सरकारविरुद्ध ग्राण्ड डिजाइन हो : योगेश भट्टराई

बुधबार, ०९ साउन २०७५, १७ : ३९
डा. केसीको अनसन सरकारविरुद्ध ग्राण्ड डिजाइन हो : योगेश भट्टराई

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले डा.गोविन्द केसीको अनसन बहुमत प्राप्त कम्युनिष्ट सरकारविरुद्धको ग्राण्ड डिजाईन भएको गम्भिर आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले सरकारविरुद्धको राजनीतिक ग्रान्ड डिजाईन भएकाले केसीको अनसनलाई काँग्रेसले प्रतिरक्षा गरिरहेको आरोप लगाए । उनले डाक्टर केसीको माग बहुमत प्राप्त सरकारविरुद्ध भएको आफूसँग सयौं प्रमाण रहेको दावी समेत गरे ।  

उनले पाँच वर्ष सरकारको विकल्प खोज्ने चेष्टा नगर्न पनि काँग्रेसलाई चेतावनी दिए । नेता भट्टराईले अर्को निर्वाचन नभएसम्म सरकार निर्विकल्प भएकाले त्यसको विकल्प खोज्ने हतारो गर्नु बेकार हुने पनि स्पष्ट पार्दै काँग्रेसलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस