सीमानजिक रुसका लडाकू विमान र हेलिकप्टर खसायो युक्रेनले

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, ११ : २७
सीमानजिक रुसका लडाकू विमान र हेलिकप्टर खसायो युक्रेनले

काठमाडाैं।युक्रेनले रुस सीमानजिक रुसका दुईवटा लडाकू विमान र दुईवटा हेलिकप्टर खसाएको स्काई न्युजले खबर दिएको छ । रुसका सु–३४, सु–३५ र एमआई–८ हेलिकप्टरलाई युक्रेनले तारो बनाएको हो । यी रुसी विमानहरू ब्रान्स्क क्षेत्रमा उडिरहेका थिए । 

रुसको सरकारी समाचार संस्था तासले आकस्मिक सेवाका एक अधिकारीलाई उद्धृत गर्दै दिएको सूचनाअनुसार, युक्रेन सीमाबाट लगभग ४० किलोमिटर वर क्लिन्त्सी नजिक सु–३४ लडाकू विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटना हुनुअघि विमानको इन्जिनमा आगो लागेको थियो । 

उक्त समाचारका अर्को लडाकू विमान र हेलिकप्टरको उल्लेख गरिएको छैन । तर रुससमर्थक टेलिग्राम च्यानल वोयेन्नी ओस्वेडोमिटेलमा पोस्ट गरिएको भिडियोमा आकाशमा हेलिकप्टर विस्फोट भई भुइँतर्फ खसिरहेको देखिन्छ । यस घटनामा युक्रेनको आधिकारिक प्रतिक्रिया आएको छैन । तर राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोल्याकले यस घटनालाई कर्म भन्ने संज्ञा दिएका छन् । 

प्रतिक्रिया दिनुहोस