काठमाडौँ। सांसद तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेकी छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँग कुराकानी गर्दै आरजुले आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेकी हुन् ।उनले आफूले कसैबाट रकम बुझेको पुष्टि गर्न पनि उनले चुनौती दिइन् ।
तपाईँलाई पनि नक्कली भुटानी शरणार्थीको लहरो तानेर पुग्ने ठाउँ चाहिँ आरजु कहाँ नै हो आज वा भोलि, कि तपाई भाग्नुपर्छ कि त जेल जानुपर्छ भनिन्छ नि ? भन्ने प्रश्नमा डा. आरजुको जवाफ छ, ‘हेर्नुस् एउटा मान्छे मलाई देखाउनुस् आरजु देउवालाई पैसा दिएर काम गराएँ भनेर भनेको मान्छे देखाउनुस् म मान्छु ।’पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहकी आरजुले छोरा जयवीर देउवाको कसम खाएरै नक्कली शरणार्थी प्रकरणमा एक पैसा पनि खाएको स्पष्टीकरण दिइन्। उनले भनिन्, ‘मेरो आत्मा होइन छोराकै कसम खाएर भन्छु कि मैले यो गरेको छैन । प्रस्तोता बानियाँले एकचोटी भन्नुस् त कि ‘म मेरो छोरा जयवीरको कसम खाएर भन्छु नक्कली शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन ।’ भनी सोध्दा आरजुले फेरि भनिन्, ‘म मेरो छोरो जयवीरको कसम खाएर भन्छु नक्कली शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन ।’दुई करोड बुझेको भन्ने प्रश्नको डा. आरजुले खण्डन गरिन् । ‘अडिओ फेक हो । के मेरो मात्रै अडिओ आएको छ ? अरू अडिओ सुन्नु भएको छैन ? मञ्जु खाँणको बारेमा मलाई थाहा छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नो घरमा नोट जलेको भनी अफवाह फैलाइएको डा. आरजु राणाको दाबी
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन
परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता