काठमाडौं। जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबारको पहिलो खेलमा लखनउ सुपर जायन्टसले सनराईजर्स हैदराबादलाई पराजित गरेको छ।
यो जितसँगै लखनउ प्लेअफ नजिक पुगेको छ। हैदराबादको घरेलु मैदान राजिव गान्धी क्रिकेट स्टेडियममा लखनउले सनराईजर्सलाई ७ विकेटले पराजित गरेको हो।
हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले १९ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। लखनउका लागि प्रेरक माकन्डले ४५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिगं खेले।
यस्तै निकोलस पुरनले १३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सानदार ४४ रन बनाए। हैदराबादका लागि ग्लेन फिलिप्स,मंयक मारकन्डे र अभिषेक शर्माले समान १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो।
हैदराबादका लागि हेनरिच क्लेसनले २९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित