काठमाडौं। जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबारको पहिलो खेलमा लखनउ सुपर जायन्टसले सनराईजर्स हैदराबादलाई पराजित गरेको छ।
यो जितसँगै लखनउ प्लेअफ नजिक पुगेको छ। हैदराबादको घरेलु मैदान राजिव गान्धी क्रिकेट स्टेडियममा लखनउले सनराईजर्सलाई ७ विकेटले पराजित गरेको हो।
हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले १९ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। लखनउका लागि प्रेरक माकन्डले ४५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिगं खेले।
यस्तै निकोलस पुरनले १३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सानदार ४४ रन बनाए। हैदराबादका लागि ग्लेन फिलिप्स,मंयक मारकन्डे र अभिषेक शर्माले समान १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो।
हैदराबादका लागि हेनरिच क्लेसनले २९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने