आइफोनको लोकप्रियता खस्किंदो, आइफोन १४ सबैभन्दा फ्लप

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १६ : २८
आइफोनको लोकप्रियता खस्किंदो, आइफोन १४ सबैभन्दा फ्लप

एजेन्सी।पछिल्ला केही वर्षदेखि एप्पलले पुरानै डिजाइनका आइफोन लञ्च गरिरहेको छ ।पहिलेजस्तो अब न त आइफोनको डिजाइनको चर्चा हुन्छ, न त प्रयोगकर्ताहरु नयाँ आइफोनको डिजाइनलाई लिएर उत्साहित हुन्छन् ।यद्यपि एप्पलले वर्षौंदेखि आफ्नो ब्राण्डलाई सर्वोत्कृष्ट बनाउन सफल भयो र स्मार्टफोन प्रयोगकर्तामाझ आफ्नो लोकप्रियता कायमै राखेको थियो । तर आइफोन १४ को हकमा भने यो लागू भएको देखिएको छैन ।

पछिल्लो १ दशकको कुरा गर्दा पछिल्लोपटक एप्पलको आइफोन ५ को आलोचना भएको थियो । तर त्यसलाई पनि माथ दिंदै आइफोन १४ सर्वाधिक कम लोकप्रिय आइफोन बनेको छ । यसले अहिलेसम्मकै कम अर्थात् ५ स्टार रेटिंग प्राप्त गरेको छ ।perfectRec  नामक कम्पनीले गरेको अध्ययनले आइफोन १४ एप्पलको सर्वाधिक फ्लप आइफोन मोडेल रहेको देखाएको छ ।

यस अध्ययनमा ६ लाख ६९ हजारभन्दा धेरै प्रयोगकर्ताको समीक्षाको अध्ययन गरिएको कम्पनीले जनाएको छ ।उक्त अध्ययनका क्रममा के पाइएको छ भने आइफोन १४ यसअघिका आइफोनहरु जस्तो लोकप्रिय हुन नसकेको देखिएको छ ।यसबीचमा आइफोन ५ को रेटिंगमा गिरावट देखिएको भए पनि आइफोन ६ देखि आइफोन १३ सम्मका सबै मोडेलमा लोकप्रियताको रेटिंग्समा वृद्धि भएको थियो । आइफोन १३ मा ८० प्रतिशत सम्मको ५ स्टार रेटिंग प्राप्त भएकोमा आइफोन १४ मा गिरावट आएर ७२ प्रतिशतमा झरेको छ ।

यस्तो गिरावट आइफोन १४ को आधारभूत मोडेलमा मात्र नभइ आइफोन १४ प्रो तथा प्रो म्याक्समा पनि देखिएको छ ।रिपोर्ट अनुसार आइफोनको ५ स्टार रेटिंगमा वृद्धिको प्रमुख कारण आइफोनसमयसँगै आइफोन उत्कृष्ट बन्दै जानु थियो । तर आइफोन १३ को तुलनामा आइफोन १४ मा हार्डवेयर, फिचर्स तथा डिजाइनमा कुनै ठूलो परिवर्तन नभएका कारण यसको फाइभ स्टार रेटिंगमा गिरावट देखिएको हो ।साथै आइफोन १४ मा पुरानो जेनेरेसनको प्रोसेसर प्रयोग गरिनु र नयाँ डाइनामिक आइल्याण्ड फिचर केवल आइफोन १४ प्रो मा मात्रै प्रयोग भएकाले कारणले पनि आइफोन १४ को लोकप्रियता कम भएको हुनसक्ने विश्लेषण रिपोर्टमा गरिएको छ

प्रतिक्रिया दिनुहोस