काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिक रुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो ।
यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको छ ।
“सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ निगमले दुई वटा जहाज खरिद गरेपश्चात काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ ।”
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २८ बैशाख २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
नेवानिको टिकट एक रातमा सबै बिक्री
निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो