प्रहरी नियन्त्रणमा रहेका खाणको स्वास्थ्य जाँच गरियो

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, १६ : १५
प्रहरी नियन्त्रणमा रहेका खाणको स्वास्थ्य जाँच गरियो

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको स्वास्थ्यजाँच गरिएको छ । 
प्रहरीले अदालतमा उपस्थित गराउनुअघि खाणको स्वास्थ्य जाँच गराएको हो । स्वास्थ्य जाँचका लागि खाँणलाई कान्तिपुर अस्पतालमा लगिएको थियो । स्वास्थ्य जाँचपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले म्याद लिनका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो ।  खाँणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार निवासबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस