मिस नेपाल श्रृंखलाको दुर्गममा हेल्थपोष्ट अभियानलाई कोषले सघाउने

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०७५, १८ : ४६
मिस नेपाल श्रृंखलाको दुर्गममा हेल्थपोष्ट अभियानलाई कोषले सघाउने

चितवन । लक्ष्मण बाबु श्रेष्ठ स्मृति कोषले मिस नेपाल श्रृंखला खतिवडाको दुर्गममा हेल्थपोष्ट अभियानलाई सघाउने भएको छ ।
मिस नेपाल श्रृंखलाले मकवानपुर जिल्लाको दुर्गम क्षेत्रमा चेपाङ समुदायलाई लक्षित गरेर गाउँमा हेल्थपोष्ट निर्माणको लक्ष्यलाई लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले साथ दिन लागेको हो । दुर्गममा रहेका विपन्न समुदायसम्म स्वास्थ्य सेवा पु¥याउने मिस नेपाल श्रृंखला खतिवडाको उच्च विचार र सामाजिक सेवाको सहयोगी अंग बन्न पाउँदा हामीलाई खुशी लागेको छ, लक्ष्मण बाबु श्रेष्ठ स्मृति कोषका राजेशबाबु श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस