महाराजगंको प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालन

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, १३ : २८
महाराजगंको प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालन

काठमाडौं । हिमालयन बैंकले महाराजगंको नेपाल प्रहरी अस्पतालमा बिहिबार देखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो । 

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका  परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ  । 

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका  मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका थिए । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस