नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणका निजी सचिव केसी पनि पक्राउ

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, ११ : ०२
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणका निजी सचिव केसी पनि पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

केसीलाई जडिबुटीबाट पक्राउ गरेको  काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसअघि खाँणलाई मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस