युरोपियन च्याम्पियन्स लिग: पहिलो लेगमा रियल र सिटीको बराबरी

एजेन्सी

बुधबार, २७ बैशाख २०८०, ०८ : ०५
युरोपियन च्याम्पियन्स लिग: पहिलो लेगमा रियल र सिटीको बराबरी

File pic

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा घरेलु टोली रियललाई इंग्लिस क्लब म्यानचेस्टर सिटीले १-१ गोलको बराबरीमा रोकेको छ।

खेलको ३६ मिनेटमा भिनिसियस जुनियरको गोलबाट रियलले अग्रता बनाएको थियो। सिटीले ६७ औं मिनेटमा बराबरी गोल फर्कायो। केभिन डि बुएनाले डिबक्स बाहिरबाट गरेको शक्तिसाली प्रहार गोलमा परिणत हुँदा सिटीले आफ्नो दोस्रो पटक फाइनल प्रवेश सम्भावनालाई कायम राख्यो।

आगामी बुधबार राति घरेलु मैदानमा म्याड्रिडविरुद्धको जितले सिटीलाई इन्टर मिलान वा एसी मिलानविरुद्धको दोस्रो च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउने छ। म्याड्रिडले जिते हात पारे १५औं उपाधिको नजिक पुग्नेछ। खेलको सुरुवातमा सिटीले दबाबमा दिएपनि गोलगर्न भने सकेको थिएन।

तर रियलले भने घरेलु समर्थकमाझ पहिलो हाफमा पाएको एकमात्र मौकालाई गोलमा परिणत गर्यो। भिनिसियस जुनियरले गरेको शक्तिसाली प्रहार गोलमा परिणत भएको थियो। खेलमा अग्रता पछि दबाबमा परेको सिटी डि ब्रुएनाको गोलसँगै उपाधि सम्भावनामा फर्किएको छ।

पछिल्लो समय सिटी अहिले सबै प्रतियोगितामा गरी कुल २१ खेलमा अपराजित रहेको छ। अब थप सात खेलमा विजयी भएमा सिटीले च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग र एएफ कप जित्दै एतिहासिक ‘ट्रेबल’ जित्ने छ।

प्रतिक्रिया दिनुहोस