काठमाडौं । अब विदेशबाट फर्किँदा साथमा २ वटा मोबाइल बोकेर आउन पाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किने नेपालीले आफूले बोकेको मोबाइलसहित थप एउटा मोबाइल नेपाल ल्याउने पाउने निर्णय गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले स्वदेश फर्किने नेपालीले साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय भएको जानकारी दिइन् । यसअघि विदेशबाट नेपाल फर्किने नेपालीले आफूले चलाउने मोबाइलमात्र ल्याउन पाउने व्यवस्था रहेको थियो । स्वदेश ल्याउने मोबाइलमा एमडीएमएस प्रणाली लागू गर्ने पनि सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक (सूचीसहित)
आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै