काठमाडौं । अब विदेशबाट फर्किँदा साथमा २ वटा मोबाइल बोकेर आउन पाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किने नेपालीले आफूले बोकेको मोबाइलसहित थप एउटा मोबाइल नेपाल ल्याउने पाउने निर्णय गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले स्वदेश फर्किने नेपालीले साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय भएको जानकारी दिइन् । यसअघि विदेशबाट नेपाल फर्किने नेपालीले आफूले चलाउने मोबाइलमात्र ल्याउन पाउने व्यवस्था रहेको थियो । स्वदेश ल्याउने मोबाइलमा एमडीएमएस प्रणाली लागू गर्ने पनि सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत