टोपबहादुर रायमाझीले अनुसन्धानलाई सघाउनुपर्ने एमालेकाे निर्णय

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १९ : ०५
टोपबहादुर रायमाझीले अनुसन्धानलाई सघाउनुपर्ने एमालेकाे निर्णय

काठमाडौँ । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीले कानुन अनुसार अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको सचिवालय बैठकले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

रायमाझीलाई कारबाहीबारे पत्रकारले सोधेको प्रश्नमा गुरुङले प्रतिप्रश्न गर्दै भने, ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको होर ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’

प्रतिक्रिया दिनुहोस