नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरको निवासमा प्रहरीको खानतलासी

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १५ : ४०
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरको निवासमा प्रहरीको खानतलासी

काठमाडौँ। प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी प्रमुखको दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको  निवासमा खानतलासी लिइएको बताए । उनको निवासमा खानतलासी गरिएपनि रायमाझी भने फेला परेनन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका थिए ।

प्रतिक्रिया दिनुहोस